नमस्ते ख्वप टेलिभिजनको उद्घाटन, शिक्षासेवी आचार्य र पत्रकार गिरीलाई सम्मान
भक्तपुर । भक्तपुरको गठ्ठाघरबाट संचालनमा आईरहेको नमस्ते ख्वप टेलिभिजनको महिला बालवालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ्ग र प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भव्य समारोह बिच उद्घाटन गर्नुभएको छ ।
पुर्याउनु हुने शिक्षासेवी एवं आदर्श जनप्रेमीका संस्थापक रबि आचार्य र दुईदशकदेखि पत्रकारिता र साहित्यको क्षेत्रमा योगदान दिदै आउनु भएका, राष्ट्रिय समाचार समितिका सम्वाददाता, एजुकेशन भ्वाईस मासिकका प्रकाशक एवं सम्पादक, रेडियो हिमालयन ९९.७ मेगाहर्जका स्टेशन म्यानेजर तथा क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीलाई सम्मान पत्रका साथ भादगाउँले टोपी र माला लगाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा उहाँले नेपाल सरकारले सुरु गरेको समृद्ध नेपाल सुखी नेपालीको अभियानसंगै भ्रमण वर्ष २०२० सफल पार्न संचार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।
सरकारको अभियानमा नमस्ते ख्वप टेलिभिजनसंगै रहने बताउदै मन्त्री गुरुङ्गले स्थानीय सरकारले विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको अबस्थामा सबै संचार माध्यम र सबै पत्रकार एवं सबै नेपालीलेविकासका लागि काम गर्नुपर्ने औल्याउनुभयो । भक्तपुरलाई विश्वमा चिनाउन यो टेलिभिजन सफल हुने विश्वास गर्नुभयो ।
क ा र्य त्र m म म ा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले संचार माध्यम समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहनु पर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुरमा नमूनाको रुपमा भईरहेको विकासलाई टेलिभिजन मार्फत विश्वभर फैलाउने काममा नमस्ते ख्वप टेलिभिजनको भूमिका महत्वपूर्ण हुने बताउदै सांसद एवं पूर्वमन्त्री बस्नेतले समाजको ऐनाको रुपमा आमदर्शकमाझ यो टेलिभिजन पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद डा.राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशका अर्का सांसद शशिजंग थापाले पत्रकारिता पेशाप्रतिकोआकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा मर्यादित पत्रकारिता प्रभावकारी हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा नेकपाका अध्यक्ष बचन देउजाले नमस्ते ख्वप टेलिभिजन भक्तपुरको मात्र नभई सिंगो देशको दर्पनको रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले उक्त टेलिभिजनलाई स्थानीय तहको सहयोग रहने बताउदै भ्रमण वर्ष कै अवसरमा उपत्यकाका मेयर फोरर्मले अन्तर्राष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवं माउण्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले भ्रमण वर्ष सफल पार्न आफुनो तर्फबाट ६०० विदेशी पर्यटक नेपाल भित्रयाउने घोषणा गर्नुभयो । कार्यक्रममा सकारात्मक परामर्शदाता रविन कटुवाललाई टेलिभिजनको ब्राण्ड एम्बेस्टर घोषणा गर्नुका साथै बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
नमस्ते ख्वप टेलिभिजन संचालन समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्रमुख ऋषिकेश श्रेष्ठ लगायतले यो टेलिभिजनलाई सबैले आफ्नो टेलिभिजन बनाउने सक्नेगरि सबैको टेलिभिजनको रुपमा सकारात्मक सन्देश प्रवाह गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा बिभिन्न सात प्रदेशको कला संस्कृति झल्कने प्रस्तुतीहरु, मयूर नाच लगायत बिभिन्न नाचहरु प्रस्तुत गरिएकोथियो ।





