आर्थिक क्रान्तिका लागि व्यावसायिक शिक्षा :प्रकाशमान सिंह

194
काठमाडौं,०२ असोज ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेका बताउनुभयो ।
नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने पनि बताउनुभयो ।
उहाँले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने पनि बताउनुभयो ।