शिक्षकले शैक्षिक सुधारका लागि पनि काम गर्नु र्पयो : देवेन्द्र पौडेल

काठमाडौं,०५ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यापनमा सुधार ल्याउन शिक्षक महासंघसँग निरन्तर संवाद गरिरहेको बताउनुभयो । उहाँले मंगलबार पत्रकार सम्मेलन गरी अध्यापनसँगै भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकता राखेको बताउनुभयो ।
उहाँले १३ हजार विद्यालयको भौतिक संरचना निर्माण गरिसकेको र बाँकी अबको ३ वर्षभित्र निर्माण गरिसक्ने दाबी गर्नुभयो ।
उहाँले शैक्षिक क्यालेन्डर लागू गर्ने, दरबन्दी मिलान, संघीय शिक्षा ऐन छलफलबाट पारित गर्नेलगायत काम मन्त्रालयले गरिरहेको बताउनुभयो ।