चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा करिब ४२.३२ प्रतिशत मात्र उत्तीर्ण

काठमाडौं,१० असोज ।
नेपाल मेडिकल काउन्सिलले लिएकमो ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत चिकित्सिक मात्र उत्तीर्ण भएका छन् । असोज ६, ७ र ८ गते सम्पन्न दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ४३.८९ र डेण्टल तर्फ ३४.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
काउन्सिलका अनुसार परीक्षामा २ हजार ६० जना सहभागी भएका मध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने १ हजार १७६ जना फेल भएका छन् । सो परीक्षामा २१ जनाले परीक्षा अनुपस्थित भएका थिए । परीक्षामा सहभागीहरु मध्ये तोकिएको परिचय पत्र नल्याएका कारण १ जनाको परीक्षा स्थगित गरिएको छ।
मेडिकल तर्फ १ हजार ७०५ र डेण्टल तर्फ ३५५ गरी जम्मा २ हजार ६० जना परीक्षार्थीहरु सहभागी भएकोमा मेडिकल तर्फ ७४० र डेण्टल तर्फ १२३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७०५ जनाले आवेदन दिएका थिए । १ हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण र ९४६ जना अनुत्तीर्ण भएका छन् ।
सो परीक्षामा डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।
यस अघि गत जेठ १२, १३ र १४ गते लिइएको परीक्षामा समग्रमा ३१.७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सू पैंतीस दिन भित्र पूनर्योगका लागि आवेदन दिन सक्ने काउन्सिलले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।