कक्षा११ को ग्रेडबृद्धि परीक्षाको नतिजा प्रकाशित

216
काठमाडौं, १३ असोज ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित गरेको छ । कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ५९१ जना मात्रै उत्तीर्ण भएका छन् । नतिजा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने कार्यालयले जानकारी दिएको छ ।