बाढीले विद्यालयमा क्षति

145
काठमाडौं,२६ असोज ।
पाँच दिनसम्म परेको अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।
बाढी कक्षाकोठा भित्र पस्दा विद्यालयभित्र रहेका कागजात, फनिर्चर भिज्नुका साथै भवनमा आंशिक क्षति पुगेको छ ।
बाढीका कारण विद्यालयका धेरै कक्षाकोठामा लेदो र पानी अझै जमिरहेको छभने विद्यालय कम्पाउण्डमा लेदोको मात्रा रहेको स्थानीयले जानकारी दिनुभयो ।