भोट माग्न व्यस्त शिक्षक–सरकारी कर्मचारीलाई कारबाही

काठमाडौं,२६ असोज ।
सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भए कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी भए पनि शिक्षक तथा कर्मचारीले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने उम्मेदवारसंग फोटो खिचेर भोट माग्ने क्रियाकलाप रोकिएको छैन ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको भने पनि अधिकांश शिक्षक कर्मचारीले सामाजिक सञ्जालमार्फत भोट माग्ने गरेको पाइएको छ ।
धेरै शिक्षक–कर्मचारीले आफ्नो माउपार्टी सम्बद्ध उम्मेद्वारसंग फोटो खिचेर सामाजिक सञ्जालमा भोट मागेको छ्याप्छ्याप्ति पाइने गरेको छ ।
प्रचारप्रसारमा संलग्न कर्मचारी तथा शिक्षकले उम्मेदवारसंग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरूका प्रचार सामग्रीको शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएको निर्वाचन आयोगले जानकारी दियो ।