त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यलयमा नेविसंघको पुनः ताला

काठमाडौं,०१ कार्तिक ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ ।
गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताउनुभयो ।
ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरि ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ । तर कसैको नाम अथवा हस्ताक्षर भने छैन ।