विनायक शिक्षा निकेतनले गरे एसइइ पासआउट विद्यार्थीलाई सम्मान र बधाई
काठमाडौं,२१ कात्तिक ।
भक्तपुरमा मात्र नभएर हरेक क्षेत्रका हरेक विद्यालयमा प्रोग्रेसिप एजुकेशन दिनुपर्दछ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलले यही २०७९ कार्तिक १९ गते विदाई तथा बधाई कार्यक्रमको आयोजना गरिएको थियो ।
शैक्षिक सत्र २०७६, २०७७ र २०७८ सालको एसइइ परीक्षामा उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा आयोजित उक्त कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्वमा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर सूर्य थापाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल , सहायक प्रिन्सिपल सञ्चालक समितिका सदस्यहरु तथा अभिभावक हर्कबहादुर अधिकारी अतिथिको रुपमा आसीन रहनुभएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले उत्तीर्ण भई विभिन्न शैक्षिक संस्थाहरुमा उच्चशिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई शुभकामना बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। साथै युग सुहाउँदो वैज्ञानिक र व्यवसायिक एवं व्यावहारिक शिक्षा प्राप्त गरी राष्ट्र र समस्त विश्वले गर्व गर्नसक्ने ब्यक्तित्व बन्न सबैलाई शुभकामना समेत दिनुभयो ।
त्यस्तै प्रमुख अतिथी डाक्टर सूर्य थापाले तथा सम्पूर्ण अतिथिहरुले विद्यार्थीहरुलाई सचेत सजग बनी अध्ययन गर्न रजीवनका हरेक चुनौतीहरुलाई सामना गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए भने कार्यक्रमको संयोजन समेत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए।





