समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने सङ्ख्या न्यून

काठमाडौं,२२ कात्तिक ।
कैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण नगरेको पाइएको छ । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा कमै विद्यालयले समयमै गर्ने गरेका छन् । शिक्षा नियमावलीअनुसार भदौ मसान्तसम्म विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन सरोकारवाला सामु सार्वजनिक गर्नुपर्ने हो ।
केही विद्यालयले पहिले गरे पनि अधिकांश विद्यालय भनेआज भोलि गरिरहेका छन् । दसैँ तिहार विदाका कारण केही ढिलो हुन गएको शिक्षा शाखाले जनाएको छ ।
गतकात्तिक मसान्तसम्म पनि सार्वजनिक सुनुवाइको प्रतिवेदन पेश नगरे सेवा सुविधा कटौती हुने प्रावधान रहेको छ । यस वर्ष हालसम्म टीकापुर नगरपालिकाअन्तर्गतका ३३ वटा सामुदायिक विद्यालयमध्ये तीन वटा विद्यालयले मात्र सामाजिक परीक्षण गरेका छन् ।
तीस वटा विद्यालयले अझै सामाजिक परीक्षण कार्यक्रम नगरेको टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभयो ।