बिएस्सीसिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण

काठमाडौं,२३ कात्तिक ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सीसिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।
डिन कार्यालयबाट कार्तिक २९ गते मंगलबार दिउसो १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको हो ।