विनायक शिक्षा निकेतनका छात्राहरुले जिते भक्तपुर प्रिन्सेस अवार्ड

भक्तपुर २४ कार्तिक ।
विनायक शिक्षा निकेतनका छात्राहरुले भक्तपुर प्रिन्सेस अवार्ड जित्न सफल भएका छन् । हरेक विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि उचित अवसर र ठाउँ दिनु पर्दछ भन्ने कुरालाई स्थापनाकालदेखि मनन गरी एक विद्यार्थी कम्तीमा एक सीप भन्ने कुरालाई आत्मसात् गर्दै आएको विद्यालय विनायक शिक्षा निकेतनका दुई विद्यार्थीहरुले प्रिन्सेस भक्तपुरको अवार्ड जित्न सफल भएका हुन् ।
यही कार्तिक २३ गते प्रज्ञाभवन कमलादीमा भक्तपुर प्याब्सनद्वारा आयोजित प्याब्सन प्रिन्स एण्ड प्रिन्सेस प्रतियोगितामा विनायक शिक्षा निकेतनबाट भाग लिएका दुवैजना छात्राहरुले उपाधि चुम्न सफल भएका छन् । सिनियर र जुनियर छुट्टाछुट्टै विधा समावेश गरी आयोजना गरिएको उक्त कार्यक्रममा बिनायककी छात्रा आकृति बुढाथोकी पब्सन प्रिन्सेस अन्तर्गत सेकेन्ड रनर अप तथा मिस कन्फिडेण्ड उपाधि र छात्रा एन्जिला खड्गीले मिस फोटोजेनिक उपाधि चुम्न सफल भएका विद्यालयका सहायक प्रिन्सिपल प्रेम निरौलाले बताउनुभयो ।
हरेक विद्यार्थी भित्र को क्षमता बाहिर निकाल्ने उपयुक्त अवसर र समयलाई पहिचान गरी विद्यार्थीको रुचि क्षमताअनुसार हौसला र प्रेरणा दिनु विद्यालयको कर्तब्य ठानी स्थापनाकालदेखि नै विद्यालयले हरेक विद्यार्थीलाई अवसर प्रदान गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार हासिल गर्न सकेको कुरा बिद्यालयको सम्मान समारोहमा प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो।
साथै सम्पूर्ण विद्यार्थीहरुले समेत अवार्ड विजेता विद्यार्थीहरुलाई हौसलास्वरुप तालीले सम्मान गरेका थिए।