बिनायक शिक्षा निकेतनद्धारा अस्ट्रेलियन नागरीकहरूलाई स्वागत तथा सम्मान

भक्तपुर, २७ कार्तिक ।
भक्तपुरको मध्यपुर थिमि, भुलांखेलमा अवस्थित विनायक शिक्षा निकेतनमा अस्ट्रेलियन नागरीकहरूलाई स्वागत तथा सम्मान गरेको छ ।
कार्तिक २५ गते शुक्रवारका दिन अष्ट्रेलियाबाट आउनु भएका विद्यालय का शुभचिन्तक, एवं सहयोगी warren paulger र Anne paulger लाई एक समारोह बिच स्वागत तथा समान गरेको छ ।

उहाँहरू लामो समय देखि विद्यालय को शैक्षिक स्तर वृद्धि गर्न सहयोग गर्दै आउनु भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बताउनुभयो ।
प्रिन्सिपल प्रजापतिले उहाँहरूलाई विशेष धन्यवाद पनि दिनु भएको थियो ।

उक्त कार्यक्रममा अस्ट्रेलियन नागरीक Warren paulger ले नेपाल र नेपालीहरू साह्रै मनपरेका र आफुले भविस्यमा पनि शिक्षाको विकासलाई सहयोग गर्ने बचन पनि दिनु भएको थियो ।