नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवा प्रवेश गर्ने दुई जना विरुद्ध मुद्दा दायर

काठमाडौं,१९ मंसिर ।
नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक सेवामा प्रवेश गर्ने दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालयमा राप अनंकित प्रथम श्रेणीमा कार्यरत ल्याब टेक्निसियन पदमा करार सेवामा कार्यरत राम एकवाल यादव रकैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका उच्चमाध्यमिक विद्यालय संयोजक मथुरा चौधरी विरुद्ध आरोपपत्र दायर गरेको हो ।
यादवले सो ओहदामा बहाल रही आर्थिक लाभसमेत लिने उद्देश्यले डिप्लोमा इन सिभिल इििन्जनियरिङको र शिक्षक चौधरीको स्नातक तहको प्रमाणपत्र नक्कली भएको अनुसन्धानका क्रममा पाइएपछि अख्तियारले मुद्दा दायर गरेको आज प्रकाशित विज्ञप्तिमा जानकारी दिएको छ ।