पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन स् सिट क्षमता १८९०, विद्यार्थी भर्ना ५३२ जनामात्रै
काठमाडौं,२२ मंसिर ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी शिक्षालयले निकै कम विद्यार्थी पढाउँदै आएको पाइएको छ । प्यारामेडिक्सतर्फ निजी क्षेत्रका शिक्षालयमा १ हजार ८९० सिट क्षमता छ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका २८ वटा निजी शिक्षालयले प्यारामेडिक्सतर्फ बिएस्सी नर्सिङ, बेचुअल अफ नर्सिङ, बिपिएच र बी फार्मेसी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
ती शिक्षालयहरूमा १ हजार ८९० सिट क्षमता भएपनि ५३२ जना मात्रै भर्ना भएका छन् । जुन कुल क्षमताको २८.१४ प्रतिशत हो । निजी शिक्षालयमा बेचुलर अफ नर्सिङ तर्फ ५८० सिट छ । जसमा २२२ जना मात्रै भर्ना भएका छन् ।
त्यस्तै ३९० सिट क्षमता रहेको बिएस्सी नर्सिङमा ८४ जना मात्रै भर्ना भएका छन् । ६८० सिट क्षमता रहेको बिपिएच कार्यक्रमका लागि ८७ जना भर्ना भएका छन् । २४० सिट क्षमता रहेको बि फार्मेसीका लागि १३९ जना मात्रै भर्ना भएका छन् ।





