फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं,०१ पुष ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले जानकारी दिनुभयो । उहाँले सातौ जिल्ला अधिवेशनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत फरक क्षमता भएका २४ जना विद्यार्थीहरुलाई चिसोबाट जोगाउन कपडा वितरण गरिएको बताउनुभयो । प्रतिष्ठानले गत बर्ष पनि विद्यालयमा फिल्टर प्रदान गरेको थियो ।
अधिवेशनको अवसरमा सहयोग हस्तान्तरण र सरसफाई अभियान राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ । विद्यार्थीहरुलाई कपडा वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले प्रतिष्ठान कलाकारहरुको संगठन भएपनी समुदायमा सामुदायिक काम गरेर अलग पहिचान स्थापित गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।