किन ज्ञानतारा इ.स्कूल रोज्ने ?
प्रिन्सिपल: रामचन्द्र जाकिबन्जार
ज्ञानतारा इ.स्कूल
पहिलाको शिक्षामा प्राय जसो बच्चाहरुलाई घोकन्ते पद्वतिबाट पढाइन्थ्यो । त्यसकारण बच्चाहरु सिक्न र पढ्नमा त्यति रुची राख्दैनथिए । प्रयोगात्मक र सिक्दै जाने पद्वतिलाई अपनाउदै लैजानको लागि मन्टेश्वरी आवश्यक छ । यसबाट बच्चालाई विद्यालयमा पढ्न जान मन लाग्ने वातावरण सृजना हुन्छ । हाम्रो विद्यालयमा मन्टेश्वरी भनेर प्ले वे विधिबाट मन्टेश्वरी माध्यमको अध्यापन गराउन हामीले शिक्षिकालाई पनि ४ महिने तालिममा सहभागि गराएका छौ ताकि त्यसै अनुसारको पद्दतिबाट प्ले वे रुपमा र प्राविधिक रुपमा पनि नानीबाबुलाई अघि लैजान सकियोस् । हामीले पढाउने तरिकामा पनि बच्चाहरुको ईच्चा र रुचि अनुसार, उमेरअनुसारको वातावरण तयार गर्दैछौ । पहिलाको जस्तो घोकन्ते पद्दतिबाट बच्चाहरुलाई अध्यापन गराउन मुश्किल भयो र उमेर अनुसारको सिकाई हुनुपर्ने आवश्यक ठानेर साना नानीहरुलाई व्यवस्थित रुपमा सिकाई गराउन हामीले मन्टेश्वरी विधिलाई रोजेका हौ ।





