गडगडे आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग प्रदान

भक्तपुर, २ चैत । चाँगुनारायण नगरपालिका नगरकोट गड्गडेमा रहेको एक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग प्रदान गरिएको छ । नगरकोटस्थित गडगडे आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहलाई एसएस फाउण्डेसनले किताब हाल्ने झोला प्रदान गरेको हो ।

विद्यालयमा आयाृजित कार्यक्रममा राप्रपाका केन्द्रिय सहमहामन्त्री रबिन्द्रप्रताप शाहले विद्यार्थीहरुलाई झोला प्रदान गर्नु भयो कार्यक्रममा चानपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामा, एसएस फाउण्डेसनका अध्यक्ष सोभितराज उप्रेती गड्गडे आधारभुत बिद्यालय नगरकोटका प्रधानाध्यापक लगायतले विद्यालयको अबस्थाकाबारेमा आफ्नो भनाइ राखनु भएको थियो ।