किन एक्टिभ ई. सेकेण्डरी स्कुल रोज्ने ?
प्रिन्सिपल: विजय प्रजापति
एक्टिभ ई. सेकेण्डरी स्कुल
अहिलेको समयमा नानीबाबुलाई म पढेर सिक्दै छु भन्दा पनि खेल्दै रमाउदै नयाँ कुृरा सिकिरहेको छु भन्ने किसिमको महसुस गराउन मन्टेश्वरी शिक्षा आवश्यक छ । मन्टेश्वरी शिक्षामा बालबालिकाले स्कुल आउँदा पनि घरमा खेलेको जस्तै महशुस गर्छन् । त्यसैले उनीहरुलाई विभिन्न गेमहरु खेलाउदै सिकाउँदै उनीहरुको मानसिकतामा विकास गर्न मन्टेश्वरी माध्यमबाट पढाई हुन आवश्यक रहन्छ ।
हामीले हाम्रो विद्यालयमा कार्यरत मन्टेश्वरी शिक्षकलाई पूव तालिमको व्यवस्था गरेका छौ । तालिम प्राप्त शिक्षकद्वारा साना नानीबाबुहरुको क्षमता अनुसार, शारीरिक अवस्था अनुसार उनीहरुलाई खेलाउदै रमाउदै पढाउने गर्दछौ । पढाइको साथसाथै हामीले बालबालिकाको विशेषत सरसफाइको पक्षमा ध्यान दिएका छौ । नानीबाबुको बढि भन्दा बढि ख्याल गर्दै उनीहरुलाई अनुशासनमा रहन सिकाउदै अध्यापनलाई अघि बढाईरहेका छौ । त्यसैले हाम्रो विद्यालयको अध्यापनको गुण्स्तरीयता उच्च रहेको मान्न सकिन्छ ।





