होली गोर्डनकी प्रजुनाले ल्याइन एसईईमा ४ जिपिए

भक्तपुर, । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ मा मध्यपुर थिमिको होली गार्डेन ईङ्गलिस स्कुलकी छात्रा प्रजुना शंखदेवले ४ जिपिए प्राप्त गर्नुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिवार सार्वजनिक गरेको नतिजामा ०२८०३७८८२ सिम्बोल नं.की प्रजुनाले सबै विषयको सैद्धान्तिक र व्यवहारिक परीक्षामा ए प्लस अंक ल्याएर समग्रमा ४ जिपिए प्राप्त गर्नुभयो ।

सबै विषयमा सर्वोत्कृष्ट अंक ल्याएर जिपिए ४ ल्याउन सफल भई विद्यालयको शैक्षिक गुणस्तरको मापनमा उच्च टेवा पुर्याए वापत विद्यालयले छात्रा प्रजुनालाई रु. एक लाख नगद पुरस्कार प्रदान गरेको छ । विद्यालयका सहप्रिन्सिपल महेश राईले उक्त रकम विद्यालयमा हस्तान्तरण गर्नु भएको हो । यसबाट उच्च शिक्षा अध्ययनमा थप टेवा पुगोस र अरु विद्यार्थीलाई पनि प्रेरणा मिलोस भन्ने उदेश्यले रकम प्रदान गरेको हो ।

कूल २० जना विद्यार्थीले एसईई परुीक्षा दिएको उक्त विद्यालयमा २ जनाले ३.६ देखि ३.९५ जिपिए, ११ जनाले ३.२ देखि ३.५५ जिपिए, ५ जनाले २.८ देखि ३.१५ जिपिए र १ जनाले २ं.४ देखि २.७५ जिपिए ल्याउन सफल भएका थिए ।