एसईई परीक्षामा भक्तपुरबाट सात विद्यालयका नौ विद्यार्थीले ल्याए जिपिए चार

भक्तपुर । भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने शैक्षिक एवं प्राज्ञिक व्यक्तित्वहरु लागिरहेको बेलामा यसवर्षको एसईई परीक्षाको नतिजामा पनि भक्तपुर अब्बल देखिएको छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा भक्तपुरका सातवटा विद्यालयका नौ जना विद्यार्थीहरुले चार जिपिए ल्याएका छन् ।

जसमध्ये चार जिपिए ल्याएका विद्यार्थीहरुमध्ये सूर्यविनायक नगरपालिका वडा नं २ बालकोटको मेरिगोल्ड स्कुलका सुभाष भटराई, मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीस्थित दिव्यदीप ज्योति इंगलिश सेकेण्डरी स्कुलकी छात्रा दिपासा अमात्य, सूर्यविनायक नगरपालिकाकै सूर्यविनायकस्थित लर्नस एकेडेमीका अक्सा राई, मध्यपुर थिमि नगरपालिकास्थित विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमिकी कृतिका श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वडा नं ६ बाहाखा बजारस्थित होली गार्डेन इंगलिश स्कुल थिमिकी प्रजुना शंखदेव भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित सैनिक सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरकी दिलीशा थापा रहेका छन् ।

भक्तपुर नगरपालिका तेखापुखूस्थित मेधा माध्यमिक विद्यालयका तीन जना विद्यार्थी सहित जिल्लाभरका विद्यालयहरुमध्ये ७ विद्यालयका ९ जनाले एसईई २०७९ मा चार जीपीए ल्याएका छन् ।