नृत्य महोत्सवमा ईडेन गार्डेन प्रथम

भक्तपुर । इडेन गार्डेन स्कुलले “भक्तपुर बाल नृत्य महोत्सव” को प्रथम पुरस्कार हात पारेको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर जेसीसले आयोजना गरेको महोत्सवका पुरस्कार विजेता ईडेन गार्डेनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल संगित, नाट्य तथा नृत्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ(रायन)ले रु. २५ हजार नगद सहित पुरस्कार प्रदान गर्नुभयो । महोत्सवमा सहभागि ४० वटा विद्यालय प्रतिस्पर्धामा उत्रिएका थिए भने ४५० विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । कार्यक्रममा शाखाका अध्यक्ष विनोदकुमार मुनंकर्मीको सभापतित्व सम्पन्न कार्यक्रममा नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, शाखाका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।