जनही एक लाख नगद सहित सात शिक्षकलाई सम्मान

भक्तपुर, । चाँगुनारायण नगरपालिकाले यस नगरक्षेत्र भित्र रहेका स्वेच्छिक अवकाश लिने सात जना शिक्षकलाई जनही नगद एक लाख पुरस्कार सहित दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरेको छ । नगरपालिकाले देवी माध्यामिक विद्यालयमा सौडोलमा आयोजना गरेको सम्मान कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले सम्मान गर्नुभएको हो । मेहेन्द्रग्राम माध्यामिक विद्यालयका उद्धब बहादुर खड्का, कृष्ण आधारभूत विद्यालयका कृष्ण बहादुर कार्की, पञ्चकन्या आधारभूत विद्यालयका जानुका कुमारी पौडेल, बाल्मिकी आधार भूत विद्यालयका रामप्रसाद काफ्ले, चाँगुनारायण मध्यामिक विद्यालयका लक्ष्मी प्रसाद सुवाल, बाल्मिकेश्वर माध्यामिक विद्यालयका श्याम प्रसाद तिमल्सिना र गणेश माध्यामिक विद्यालयका सानुभाई खत्रीलाई एक एक लाख रुपैया नगद सहित पुरस्कार प्रदान गरि दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको हो । कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्रले शिक्षक पेशा सम्मानीय पेशा भएको बताउदै नेपालमा नै स्वेच्छिक अवकाश लिने शिक्षकलाई सम्मान गर्ने नीति नगरपालिकाले शिक्षकको उच्च मुल्यांकन गर्दै ल्याएको बताउनुभयो ।