विनायक शिक्षा निकेतन विद्यालयमा दुई दिने SQC तालिम

भक्तपुर,३ भदौ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित विनायक शिक्षा निकेतन विद्यालयमा दुई दिने SQC तालिमको आयोजना गरिएको छ ।
विद्यार्थीहरुलाई आजको युग सुहाउँदो स्तरीय, वैज्ञानिक र प्रगतिशील शिक्षा प्रदान गर्नुपर्छ र आत्मनिर्भर, दक्ष र स्वावलम्वी नागरिक बनाउन पर्दछ भन्ने उद्देश्यले विनायक शिक्षा निकेतन ई। स्कुलमा सो तालिमको आयोजना गरिएको हो । QUEST Nepal मधयपुर हवको आयोजना र 4S Eduational Nepal तथा विनायक शिक्षा निकेतनको संयुक्त व्यवस्थापनमा भक्तपुर तथा काठमाडौँ जिल्लाका विभिन्न विद्यालयका २५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा Quest Nepal का महासचिव सिंहबहादुर लामा र मास्टर ट्रेनर रोशन थापा मगर प्रशिक्षकका रूपमा रहनु भएको थियो।
तालिम मध्यपुर हवका संयोजक, सोमकृष्ण प्रजापति, मास्टर ट्रेनर प्रेम प्रसाद निरौला र मास्टर ट्रेनर कृष्णहरि श्रेष्ठको व्यवस्थापन संचालन भएको थियो ।
तालिममा विनायक शिक्षा निकेतनका प्रिन्सपल सुरेन्द्रविक्रम प्रजापतिले तालिम उत्कृष्ट र सिकेका कुराहरु, शैक्षिक गुणस्तरीयता कायम गर्न हरेक विद्यालय सफल रहोस तथा आधुनिक, गुणस्तरीय र प्रगतिशील शिक्षा प्राप्त गर्दै हरेक विद्यार्थी विश्व नागरिक बन्न शुभकामना दिनुभयो ।