मध्यपुरथिमिमा एडु ब्रिज (Edu-Bridge) सञ्चालन
मध्यपुरथिमि, २९ कात्तिक । के तपाई अध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ ? तपाई उपयुक्त परामर्शदाताको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने अब परामर्श र छोटो अबधीका कक्षाका लागि काठमाडौं धाउनु पर्दैन । भक्तपुरमै आजबाट सञ्चालनमा आएको छ एडु ब्रिज (Edu-Bridge) ।
विदेशमा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने युवा पुस्तालाई लक्षित गर्दै काठमाडौंमा मुख्य कार्यालय र देशका विभिन्न जिल्लामा आफ्नो शाखा कार्यालय सञ्चालनमा रहेको अन्तरराष्ट्रियस्तरको Franchise Of Edu-Bridge को साझेदारी संस्थाको रूपमा Edu-World Educational Consultancy प्रालिले आजबाट भक्तपुरमा शाखा बिस्तार गरेको छ । प्रालिले मध्यपुरथिमि नगरपालिका वडा नं ४ मध्यपुर अस्पतालको अगाडि Edu-World Educational Consultancy प्रालिको बिस्तारित शाखाको आज शनिवार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उहाँले विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि विदेश जाने लहर नै चलेको भन्दै उहाँले उचित परामर्श नलिई गएका विद्यार्थीहरु विदेशमा धेरै समस्यामा परेको खबरहरु आइरहेको बताउनुभयो । उचित परामर्शका साथ सीप, ज्ञान लिएर विदेश गएका विद्यार्थीहरु समस्या नपर्ने भन्दै उहाँले विदेश जानका लागि कुन देशको कुन युनिभर्सिटी उपयुक्त हुन्छ भन्ने सही सुझाब दिने कार्य एजुकेशन कन्सल्टेन्सीहरूले गर्नु पर्ने बताउनुभयो ।
विद्यार्थीहरूलाई उचित भविष्यको मार्गनिर्देशन गरी सहयोग गर्नुपर्नेमा जोड दिदै नगर प्रमुख श्रेष्ठले विदेशमा सिकेका ज्ञान, सीप र त्यहाँ गरेका अध्ययन एवम् अनुभव आफ्नै देशमा फर्केर उपयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको थियो । मध्यपुरथिमिमा सञ्चालनमा आएको एजुकेशन कन्सल्टेन्सीले उचित परामर्श, शिक्षा, ज्ञान र सुझाब दिनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा एडु ब्रिजका (Edu-Bridge) का प्रमुख कार्यकारी निर्देशक योगेस क्षेत्रीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसरमा सहज पुहुँच दिलाउने लक्ष्यका साथ भक्तपुर एवं पूर्वका विद्यार्थीलाई स्थानीयस्तरमा उचित सेवा एवं परामर्श प्रदान गर्ने लक्ष्यका साथ एडु ब्रिजका (Edu-Bridge) सञ्चालनमा ल्याएको बताउनुभयो ।
शिक्षामा नवप्रवर्तन ल्याउने, विद्यार्थीहरुलाई यहाँबाट सञ्चालन हुने परामर्श एवं कक्षामा गुणस्तरीयता र विश्वसनीयता प्रदान गर्ने, उचित परामर्श प्रदान गर्ने उदेश्य रहेको बताउदै उहाँले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अध्ययनका अवसरमा सहज पुहुँच पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा Edu-World Educational Consultancy प्रालि थिमि शाखाका सञ्चालक विनोदबाबु बज्राचार्यले एडु ब्रिज (Edu-Bridge) को शाखा विस्तारले अब जिल्लाका विद्यार्थीहरूले विदेश अध्ययन गर्न कन्सल्टेन्सी सेवा लिन काठमाडौँ गइराख्नु पर्ने झन्झट नभएको बताउनुभयो । उचित परामर्शले नै विदेशमा सफलता हासिल गर्ने बताउदै उहाँले विद्यार्थीहरु माझ यसको सेवालाई पुर्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका हेमन्त भट्टराईले देशभरु अनगिन्ती कन्सल्टेन्सी सञ्चालनमा रहेपनि सरकारले स्वीकृत गरेको १४ सय २० मध्ये यो पनि एक भएको बताउदै कतिपय कन्सल्टेन्सीको बोर्ड राखेर म्यानपावर सञ्चालन गर्ने र दर्ता विना हचुवाको भरमा खुलेका कतिपय सस्थाहरुबाट विद्यार्थी जोगिनु पर्ने औल्याउनुभयो । विभिन्न देशका विश्व व्दिालयसंग पहुँच राख्दै नेपाली विद्यार्थीलाई छात्रबृत्तिसहितको कोटा दिलाउन सक्ने अनुभवि एडु ब्रिज (Edu-Bridge) को सेवाले भक्तपुर क्षेत्रका विद्यार्थी र अभिभावक माझ उत्कृष्ठ पहिचान बनाउन सफल हुने बताउनुभयो ।
एडु ब्रिज (Edu-Bridge) र यसको साझेदार संस्थाहरूले विगत २५ वर्षदेखि विद्यार्थीहरूका लागि अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड, क्यानाडा, चीन, भारत, दुवईलगायतका देशहरूमा अध्ययनका अवसरहरू प्रदान गर्दै आईरहेको छ भने संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरू जस्तै छात्रबृत्ति सहायता, करियर परामर्श, आवश्यक कागजात तयारी, परिक्षण तयारी, प्रस्थानपूर्व ब्रिफिङ, भिसा मार्गदर्शन तथा आवेदनमा सहयोग लगायतका कार्यहरू गर्ने जनाएको छ ।
एडु ब्रिज (Edu-Bridge) का विशेषताका रूपमा उद्योगमा उत्कृष्ट सेवा प्रदायक, शतप्रतिशत सन्तुष्ट विद्यार्थीहरू, भिषामा सफलता, व्यावसायिक र अनुभवी सल्लाहकार, विभिन्न पुरस्कार विजेता विद्यार्थी सहायत सेवालगायतका रहेका छन् । एडु ब्रिज (Edu-Bridge) ले सुरुमा परामर्श लिन आउँने १० जना विद्यार्थीलाई ५० प्रतिशत छुटमा सेवा प्रवाह गर्ने कार्यक्रममा जानकारी दिएको थियो ।





