विद्यार्थीको बिज्ञान तथा प्रविधिको प्रतियोगितात्मक प्रर्दशनी, उपत्यकाका ६४ विद्यालयको सहभागिता
79
भक्तपुर, ११ मङ्सिर : मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ को आज एकैदिन पाँच हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् ।

मध्यपुरठिमीस्थित कलेज प्राङ्गणमा आयोजना भएको प्रदर्शनीमा भक्तपुरका ६० भन्दा बढी र काठमाडौं, ललितपुर एवं काभ्रेपलाञ्चोकका गरि कूल ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रबिधि सम्बन्धी ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा उपत्यकाका बिभिन्न विद्यालयका १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो । प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य उर्जा, स्वास्थ्य, भवन निर्माण लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ ।

विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले आयोजना गरेको प्रर्दशनीमा अवलोकनमा लागि उपत्यकका विभिन्न विद्यालयका विद्यार्थीहरुको भिड बढेको बताउनुभयो । उहाँले प्रर्दशनीमा सहभागि बिभिन्न विद्यालयका विद्यार्थीले कल्पनै नगरेका नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताउनु भयो ।

कार्यक्रमका उद्घाटन गर्दै प्रा.डा रामेश्वर अधिकारीले यस प्रकारको प्रर्दशनीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताउनु भयो ।

प्रर्दशनी अवलोकनमा सहभागि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका प्रिन्सिपल सञ्जय खड्काले यस प्रकारका प्रर्दशनीले विद्यार्थीलाई खोज तथा अनुसन्धानका लागि अभिप्रेरित गर्ने बताउदै वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो ।

तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने भएको छ । सहभागि प्रत्येक टिमलाई रु. ६ हजार प्रदान गरेको कलेजले प्रदर्शनीमा प्रथम हुनेलाई टिमलाई ३० हजार, दोस्रोलाई रु. २० हजार र तेस्रोलाई रु. १० हजार पुरस्कार, शिल्ड तथा प्रमाणपत्र निर्देशक र्आलले जानकारी दिनुभयो ।






