ग्लाडस्टोन एकेडेमी प्रथम ’विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२’
79
भक्तपुर, १२ मङ्सिर ः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुईदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२’ मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्दै पुरस्कार जित्न सफल भएको छ ।
आज सम्पन्न प्रर्दशनीको समापन कार्यक्रममा ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु. ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो ।
प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै २० हजार नगद सहित ट्रफी र मेडल हात पारेको छ भने नेपाल पुलिस स्कुलले तेस्रो स्थान हासिल गर्दै १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ ।
प्रर्दशनीमा सहभागी विद्यार्थीहरूले भोट गरेको आधारमा प्रदर्शनरत उपकरण एवं सामाग्री मध्येबाट एभरेष्ट इङ्लिस स्कुलले पाँच हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ ।
भक्तपुर, काभ्रेलगयात उपत्यकाका बिभिन्न ६७ वटा विद्यालयहरुलाई मिड भ्याली कलेजले उपकरण एवं सामाग्री निर्माणमा एवं प्रर्दशनी गरेवापत प्रत्येक सहभागि ६७ वटा विद्यालयलाई ६ हजार रूपैयाँका दरले नगद प्रदान गरिएको थियो ।
प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो । प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य उर्जा, स्वास्थ्य, भवन निर्माण लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको यस प्रर्दशनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए । प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरेका थिए ।–––





