शिक्षासेवी श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्वाचित

भक्तपुर, २८ पुस । लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियासिल रहदै आउनु भएको प्याब्सन भक्तपुरका निवर्तमान् अध्यक्ष शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन हुनु भएको छ । चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन हुनु भएको छभने उपाध्यक्षहरूमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकूलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरेको हो । चेम्बरको महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन हुनु भएको छ ।
कार्यसमिति सदस्यहरूमा कुलदीप जी.सी., न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्थु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध हुनु भएको छ । महिला चेम्बर संयोजकमा भने रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित हुनु भएको छ ।