गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति
4
भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति पुर्याएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले अपरान्ह तीव्रगतिमा आएको हावाहुरीका विद्यालयको जस्ताको छानो उडाउनुका साथै विद्यालयलाई ठूलो भौतिक क्षति पुगेको जानकारी दिनुभयो ।
उहाँले हावाहुरीले बिद्यालयको छानो उडाएर बिद्यालयको कार्यालय कक्ष, कम्युटर कक्षा र पुस्तकालयमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो । यसबाट पठनपाठन कार्य अबरुद्ध नहुने भएपनि कम्प्युट कक्षा सञ्चालन अबरुद्ध हुने र कार्यालयसमेत सार्नु पर्ने अबस्था आएको बताउनुभयो ।






