मनोरम स्कुलमा शिक्षण तयारी तथा शैक्षिक प्रभावकारिता विषयक अन्तरक्रिया सम्पन्न
भक्तपुर, २५ बैशाख । सूर्यविनायक नगरपालिका वडा न. ५ मा रहेको मनोरम स्कुलले शैक्षिक सत्र २०८३ को वार्षिक शैक्षिक तालिकालाई लक्षित गरी शिक्षण तयारी तथा शैक्षिक प्रभावकारिताका विषयक अन्तरक्रिया कार्यक्रम आयाजना गरेको छ । स्कुलको माध्यमिक तह कक्षा ८ देखि १० सम्म अध्यापनरत शिक्षक र शिक्षिका तथा शिक्षा विज्ञहरू बीच सम्पन्न अन्तरक्रियात्मक छलफल कार्यक्रममा शिक्षण बिधिलाई अझै प्रभावकारिता बनाउनेबारे बृहत छलफल भएको थियो ।

कार्यक्रमले शिक्षण विधि, वार्षिक कार्ययोजना तथा सिकाइ उपलब्धिलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिँदै आगामी शैक्षिक सत्र २०८३ अझ उपलब्धिमूलक बनाउनेबारे छलफल भएको विद्यालयका शिक्षक हरिगोपाल भुजुले जानकारी दिनुभयो ।





