काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति शर्माको निधन
4
काठमाडौं, ७ असोज । काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ।काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बुधबार साँझ पूर्वउपकुलपति शर्माकाे निधन भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बरालले जानकारी दिए।
नेपाली शिक्षा जगतका एक दूरदर्शी व्यक्तित्व प्रा. डा. शर्मा लामो समयदेखि नेपालको उच्च शिक्षाको विकास, विस्तार र गुणस्तर अभिवृद्धिमा निरन्तर सक्रिय रहँदै आएका थिए। काठमाडौँ विश्वविद्यालयको स्थापना र यसलाई नेपालको उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न शर्माको योगदान अतुलनीय रहेको छ।





