आयोगको अध्यक्ष र सदस्य नियुक्ति गर्न सरकारले गर्यो सर्च कमिटी गठन

काठमाडौं, १० भदौ : सरकारले शिक्षा सेवा आयोगका पदाधिकारी नियुक्तीका लागि ३ सदस्यीय ‘सर्च कमिटी’ गठन गरेको छ। लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा टीयूको भिसी र शिक्षा मन्त्रालयको सचिवसहितको समिति गठन गरेको हो।

आयोगमा अहिले दुई सदस्य रिक्त रहेका छन् भने अध्यक्ष ताना गौतमको कार्यकाल सकिनै लागेको छ। ‘शिक्षा सेवा आयोगमा अध्यक्षको कार्यकाल सकिन लागेको र दुई सदस्य खाली रहेको छ’, शिक्षा मन्त्रालयका एक अधिकारीले भने। सर्च कमिटीले सम्भावित उम्मेदवारको नाम सिफारिस गर्नेछ।