कञ्चनपुरमा तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित
कञ्चनपुर । कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै कञ्चनपुरका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् ।
विभिन्न चरणमा सरोकारवालालाई आफ्ना समस्याका विषयमा अवगत गराए पनि कहीँकतैबाट सम्बोधन भएको भन्दै उनीहरु सडक सङ्घर्षमा उत्रिएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरको नेतृत्वमा मंगलवार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा ¥याली निकालीएको छ ।
संस्थापक विद्यालय शिक्षक युनियन कञ्चनपुरका अध्यक्ष ले बन्दाबन्दी शुरु भए यता आफूहरुले तलब नपाएको बताउदै पटक–पटक माग गरे पनि कहीँकतैबाट सुनुवाइ नभएकाले , बाध्य भएर सडक सङ्घर्षमा उत्रिएको बताएका छन ।
गत चैत्र ११ गते देखी भएको बन्दा बन्दीका कारण स्कुलहरु बन्द भएका थिए । चैतदेखि तलब नपाउँदा घर चुलो बल्ने अवस्थामा नरहेको र सम्वन्धित पक्षले शिक्षक हरुको माग पुरा गर्नुपर्ने अर्का शिक्षक ले बताएका छन ।
कञ्चनपुरका ९ वटै स्थानीय पालिकामा ध्यानाकर्षण पत्र बुझाइसकेको छ तर संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको समेत तलब पाउन सकेका सामाजिक न्यायको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन ।
७ दिन भित्र आफुहरुका माग सम्वोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।





