बोर्डिङ स्कुललाई अनलाइन कक्षाको शुल्क लिन अनुमति

२५ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट निजी विद्यालयहरूले अनलाईन कक्षाबापत शुल्क लिन पाउने व्यवस्था गरेको छ । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’
यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।
सरकारले नोवेल कोरोना भाइरस ९कोभिड–१९० का कारण कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।
यसै विषयलाई लिएर नेपाल अभिभावक संघले शुल्क निर्धारण र एक महिनाको आधा मात्र लिन पर्ने माग राखेको छ ।