इन्टरनेट कम्पनी र प्राधिकरणको लापर्वाहीले आतंकित बन्दै विद्यार्थी

५ वर्ष अगाडि FEATURE POST, शिक्षा नीति admin

अनलाइन कक्षामा सहभागि हुदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छ्ट्यो । दिउँसो २ बजे विद्युत प्राधिकरण थिमि शाखाले बिना सूचना विद्युत लाइन काटेपछि परीक्षा दिदै गरेकी छात्राको परीक्षा नै अड्कियो ।
हतार हतार मोवाईलबाट डाटा चलाउन खोज्दा पैसा काटियो तर डाटा स्लो हुँदा उनको आधा परीक्षा छुट्यो । चार बजे विद्युत आएपछि हतार हतारमा परीक्षामा बसेकी उनको समय सकिएको जानकारी गराउदै स्कूलले परीक्षा रोकिदियो । चार दिनदेखि अनलाइन माध्यमबाट परीक्षा सुरु गरेको विद्यालयले आपतकालिन अबस्थाका लागि अतिरिक्त व्यबस्था नगर्दा परीक्षा छुटेपछि छात्रा गिरीमात्रै होइन धेरै विद्यार्थी मानसिक तनाबमा परेका छिन् ।
विद्यालयलाई विद्युत गएर परीक्षा रोकिएको जानकारी गराउँदा सिस्टम मै निर्धारित समय भन्दा बढी गए आफै काटिने भएकाले विद्युत गएपनि परीक्षामा सहभागि हुन नपाउने जवाफ दिएको अभिभावक बताउछन् । यो एउटा उदाहरण मात्रै हो, अचेल अनलाईन कक्षाका बाहनामा विद्यालयलाई शुल्क उठाउन सजिलो भएपनि इन्टरनेट प्रदायक कम्पनी र विद्युत प्राधिकरणको लापर्वाहीका कारण अनलाईन कक्षामा सहभागि अधिकांश विद्यार्थी मानसिक तनाबमा परेका छन् ।
कक्षा लिदाँ होस वा परीक्षा दिदाँ बेलाबेलामा झ्याप्प झ्याप्प विद्युत प्रवाह बन्द हुने र जुकसुकै कम्पनीका इन्टरनेट पनि अति स्लो हुने गर्दा अनलाइन कक्षामा अध्यनरत विद्यार्थी थप मानसिक तनाबमा परेका छन् । कक्षा १० मा अध्ययन गर्दै गरेका मध्यपुरथिमि कौशल्टारका आयुश शर्माका पिता रामेश्वर शर्माले बेलाबेलामा विद्युत आपूर्ती बन्द हुने र इन्टरनेट अति स्लो हुने भएकाले विद्यार्थीहरुको पढाई प्रभावकारी नभएको बताउनुहुन्छ ।
पछिल्लो समयमा विद्यालयले पुरा शुल्क लिने तर विद्यार्थीले सहज पढ्न नपाउने समस्या र गुनासो सबै अभिभावकसंग भएको उहाको भनाइ छ । अनलाइन कक्षा सञ्चालन भएका विद्यार्थीका अधिकांश घरमा कुनै न कुनै कम्पनीका ४० देखि ६० एमबिसम्ममा इन्टरनेट राखे पनि गुनासो भने सबैले इन्टरनेट स्लो भन्ने गुनासो गर्ने गरेको बताउछन् । इन्टरनेट कम्पनीले शुल्क अनुसारको सेवा नदिएर ठगि गर्दा पनि कारबाही नहुनु बिडम्बना भएको बताउनुहुन्छ, उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा । “ठगि गर्नेहरुलाई कारबाहीमा ल्याउनु सरकारको दायित्व हो तर सरकारको यसमा ध्यान जान सकेको छैन”, उहाँले भन्नुभयो ।
मध्यपुरथिमि नगरपालिका १ लोकन्थलीकी सुरुची कार्कीको गुनासो पनि उस्तै छ । कक्षा १० मा अध्ययनरत उनी बेला बेलामा झ्याप्प झ्याप्प जाने बत्ति र अति स्लो हुने इन्टरनेटका कारण पढाई प्रभावकारी नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अनलाइन कक्षाका लागि नयाँ ल्यापटप ल्याईयो, घरमा ६० एमपीको इन्टरनेट जोडियो, केही दिन त ढिकै थियो, अहिले त बेला बेलामा बत्ति जाने र इन्टरनेट अतिस्लो हुने गर्दा पढ्नै सकिएन, खै कसरी एसईई परीक्षा दिन सकिएला ?”
विशेष गरी कक्षा १० मा अध्ययरतविद्यार्थी पछिल्लो समयमा निकै मानसिक तनाबमा परेका छन् । सरकारले एसईईको परीक्षा कसरी सञ्चालन गर्ने हो भन्ने टुङ्गो लागेको छैन, अनलाइन कक्षाका नाममा विद्यालयहरुले बैशाखदेखि साउनसम्मको आधा शुल्क र साउनदेखि पुरै शुल्क लिएर अनलाइनबाट पढाई रहेका छन् तर पढाई प्रभावकारी नहुँदा विद्यार्थी मारमा छन् ।
अनलाइनमा पढ्दा कहिले सर्भर ह्याङ् हुने समसया त छदैछ, अधिकांश विद्यार्थी र अभिभावकको गुनासो पढाइको गुणस्तरीयतामापनि आएको छ । अधिकांश विद्यालयका अनलाइन कक्षामा एउटै विषयमा फरक दिनमा फरक शिक्षक आउने भएपनि विद्यार्थी झन अन्यौलमा पर्ने गरेको अभिभावक देखि विद्यार्थीसम्मको गुनासो छ ।
विद्यालयले तलब नदिए कै कारण धेरै विद्यालयका शिक्षकले छाडे पछि अचेल अधिकांश विद्यालयले एउटै शिक्षकबाट फरक फरक विषयको अध्ययन गराईरहेका छन् । सरकारले अनलाइन कक्षाको नियमन नगर्दा, स्थानीय सरकारले बेवास्ता गर्दार अभिभावक संघले चासो नदिदाँ शुल्क उठाउन पाएपछि विद्यालय सञ्चालक शान्त बने पनि विद्यार्थी र अभिभावक भने सधै तनाबमा रहने गरेका छन् ।