बहिनी एडुकेयर फाउण्डेशनद्वारा राहत वितरण

पोखरा, २५ जेठ : पोखरा महानगरपालिका–२३ मा १०० जनालाई राहत वितरण गरिएको छ । पत्रकार भानु पराजुलीका पहलमा बहिनी एडुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो । कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउनेको जीवन कष्टकर बन्दै गएपछि उनीहरुका लागि राहत वितरण गएिको फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ केजी चामल, पाँच केजी दालसहित मास्क र साबुन गरी उक्त वडाका १०० लाई राहत सामग्री वितरण गरिएको हो । राहत वितरण गर्दै उक्त वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले कोरोना महामारीले विपन्न परिवारलाई झनै समस्यामा पारेका जनाउँदै फाउण्डेशनले सहयोगले विपन्न परिवारलाई राहत मिलेको बताउनुभयो । उहाँले फाउण्डेशनलाई धन्यवाद दिँदै कठिन वस्थामा हुनेले नहुनेलाई दिएर मानवीय कर्तब्य पूरा गर्न आग्रह गर्नुभयो । सिद्ध बराह माविका अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुलीसहितको सहयोगमा वितरण गरिएको राहतमा छुटेका परिवारको पहिचान गरेर थप राहत वितरण गरिने फाउण्डेशनका निर्देशक परियारले जानकारी दिनुभयो ।

यसैबीच उक्त वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले अक्सिजन प्लान्टका लागि रु एक लाख दिने घोषणा गर्नुभएको छ । अध्यक्ष पराजुलीले वडाको तर्फबाट संस्थागत निर्णय गराइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टका लागि उक्त रकम दिने घोषणा गर्नुभएको हो । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना र आइसियू बेड थप्नका लागि “रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ” भन्दै बतास फाउण्डेशनका पहलमा अभियान चलेको छ ।