लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्सद्वारा सहयोग

भक्तपुर, २९ जेठ : कोभिड–१९ बाट संक्रमित शिक्षा कर्मीलाई घरघरमा स्वास्थ्य सेवा संचालन गर्न सहयोग गर्ने अभियान शुरु भएको छ । भक्तपुर जिल्ला प्याब्सनले संचालन गरेको घरघरमा स्वास्थ्य सेवा अभियानका लागि लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्ले रु ५० हजार सहयोग गरेको छ ।

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल्स्का आउट गोईङ प्रेसिडेन्ड कृष्ण कार्की तथा इनकमिङ प्रेसिडेन्ड सुमन बस्नेतले सयुक्त रुपमा भक्तपुर प्याब्सन कोभिड फण्डका सदस्य तथा मध्यपुर प्याब्सनका अध्यक्ष निलेश आचार्यलाई सो रकम हस्तानतरण गर्नुभयो ।

भक्तपुर जिल्ला प्याब्सनले दोस्रो चरणको कोभिडको महामारी सुरुवातीदेखी नै संक्रमित शिक्षा कर्मीहरुलाई आर्थिक सहयोग, अस्पताल तथा बेड, रगत, प्लाज्माको ब्यबस्थापन गर्दै आएको आचार्यले बताउनु भयो । अभियानबाट आएको सहयोगबाटै प्याब्सनले अहिले शिक्षाकर्मीको घर घर मै निःशुल्क स्वाब सकलन तथा पीसिआर परिक्षण, चिकित्सक सहितको सेवा, एम्बुलेन्स तथा निःशुल्क अक्सिजन उपलब्ध गराउदै आएको उहाले जानकारी दिनुभयो ।