प्रअलाई मंहगी भत्तादेखि गुणस्तरीय शिक्षाका लागि बजेट माग गर्दै नगर प्रमुख मिश्रलाई सुझाब पेश

भक्तपुर, ५ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिले नगरपालिकासंग प्रधानाध्यापकलाई भत्ता बढाउनदेखि भक्तपुरका शिक्षकहरुले बालविकास शिक्षकको समेत सरुवा गर्न सुझाव दिएका छन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को नगर अधिवेशन नजिकिदै गर्दा समितिले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई त्रापन पत्र बुझाउदै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई वालविकास कक्षाहरु (नर्सरी, जेकेजी र एसकेजी) व्यवस्थित गर्न रु. तीन लाखका दरले बजेट विनियोजन गर्न, दरबन्दी मिलानको कार्यलाई सहजतापूर्वक सम्पन्न गर्न, उमेर भई पेन्सन भएका शिक्षकलाई विशेष प्याकेज ल्याएर व्यवस्था गर्न र बालविकास कक्षामा भएका विद्यार्थी संख्यालाई आधार मानी वालविकास शिक्षकको समेत सरुवा गर्ने व्यबस्था गर्न सुझाव दिएको छ ।

एउटा कक्षालाई रु. १ लाखको दरले रकमको व्यबस्था गर्ने मात्र माग गुणस्तरमा बृद्धि गर्न सहज हुने भन्दै त्यसको व्यबस्थापन गर्न, पाँच रोपनी भन्दा बढी जग्गा भएका पाँच वटा विद्यालयमा बाल उद्यान बनाउन, सङ्याको आधारमा बालबिकास शिक्षकको व्यबस्था गर्न, कक्षा पाँचसम्मका सबै विद्यार्थीलाई स्कुल व्यागको व्यबस्था गर्न, संघीय सरकारको व्यबस्था अनुसार नगरपालिकाले बालबिकासका र कर्मचारीलाई तलब सुबिधाको व्यबस्था गर्न र मंहगी भत्ताको व्यबस्था गर्न सुझाब दिएको छ । त्यस्तै नगरपालिकाभित्रका तीन वटा विद्यालयलाई नमूना विद्यालयको रुपमा बिकास गर्न बजेटको व्यबस्था गर्नुपर्ने सुझाब पेश गरेको समितिका अध्यक्ष सोमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।