विद्यालयको झण्डा बोकेर पाण्डेद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण

काठमाडौं, ५ असार । नुवाकोटका युवा पर्वतारोही विवेक पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले गत बुधबार दोस्रो पटक सगरमाथाको सफल आरोहण पूरा गरेका हुन् ।
सफल आरोहणसँगै पाण्डेले सगरमाथाको चुचुरोमा आफुले २०५१ सालमा एसएलसी उत्तिर्ण गरेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको झण्डा फहराएका छन् ।पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।
उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको ‘माउण्ट एभेरेष्ट समिट विसं २०७८’ अंकित विद्यालयको झण्डा फहराएका छन् । विवेकले यसअघि पनि २०७५ जेठ ४ गते सगरमाथाको सफल आरोहण गरेका थिए ।