काफ्लेको नेतृत्वमा विद्यालय योग जागरण समिति गठन, यसबाट सरकारलाई महत्वपूर्ण टेवा पुग्ने विश्वास : शिक्षा सचिव राम थपलिया

भक्तपुर, २१ असार : विद्यालयहरुमा योग जागरण ल्याउन पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेको संयोजकत्वमा एक विद्यालय योग जागरण समिति चयन गरिएको छ । नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव राम थपलियाको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका सामुदायिक एवं नीजि विद्यालयका सञ्चालक एवं शिक्षक,शिक्षिकाहरुका विच जुमवेबीनार मार्फत सम्पन्न बृहत अन्र्तक्रियात्मक कार्यक्रमबाट सो समिति सर्वसम्मत घोषणा गरिएको हो ।
योग जागरण समितिका सदस्यहरुमा शिक्षा मन्त्रालयको प्रतिनिधि,,शिक्षा विकास तथा समन्वय इकाई कार्यालय भक्तपुरका प्रमुख, भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, नेशनल प्याब्सन अध्यक्ष सन्जय खड्का, हिशानका अध्यक्ष अनिल कसपाल, ईशानको प्रतिनिधि, ४ वटै नगरपालिकाका शिक्षा शाखा प्रमुखहरु, योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव विजेन्द्र ध्वजु, सामुदायिक विद्यालयको तर्फबाट राधा दहाल,अभिभावकको तर्फबाट राष्टिय अभिभावक संघका केन्द्रिय सदस्य एवं भक्तपुर अभिभावक संघका पूर्व अध्यक्ष बासुदेव खड्का रहेका छन् ।
सो समितिको कामकार्वाहीलाई थप तिव्रता दिन योग तथा प्राकृतिक चिकित्सा विज्ञको रुपमा डा. क्षितिज बराकोटीलाई चयन गरिएको छ ।
त्यसैगरि सोही जुम भेलाबाट जिसस भक्तपुरका प्रमुख नबराज गेलालको संयोजकत्वमा योग जिल्ला समन्वय भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाल रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको छ ।
कार्यक्रमका विच डा।क्षितिज बराकोटीद्धारा विद्यालयमा योगको आवाश्यकता एवं मह्त्वको बारेमा दर्शाई रहदा शिक्षा सचिव राम थपलियाले यो अभियान थालनी गरेकोमा आयोजक संस्थालाई खुलेर प्रशंसा गरेका थिए । साथै सचिव थपलियाले नेपाल सरकार शिक्षा मन्त्रालय योग जागरण अभियानमा सबै सरोकारवालाहरु सँग हातेमालो गर्दै अगाडि बढ्ने उदघोष गर्दै नेपाल सरकारलाई यस अभियानले ठुलो टेवा पूग्ने धारणा राखेका थिए ।
त्यसैगरि वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरि प्रसाद पोखरेलले विद्यालय बालबालिका विच योगको अलावा प्राकृतिक चिकित्सा,आर्युवेद,जडीबुटीका विधाहरुलाई जोडदै लैजादा यसमा पूर्णता हुने विश्वास व्यक्त गरेका छन् । आयोजक संस्था सूर्यविनायक नगरपालिका उपमेयर जुना वस्नेतले विद्यालय योग जागरणका कार्यक्रमहरु नगरपालिकाले आगामी दिनमा यस समितिको परामर्शबाट तय गरि अगाडि बढ्ने प्रतिबद्धता गरेकी छिन् ।
विद्यालय योग जागरण अभियानको कार्यक्रमलाई देशभरका विद्यालयमा पुरयाउन छिटै एक राष्ट्रिय सञ्जाल निर्माण गर्दै अगाडि बढ्ने र सो कार्यको लागि भक्तपुर विद्यालय योग जागरण समितिले पहलकदमी लिने विद्यालय योग जागरण समिति भक्तपुरका संयोजक नबराज काफ्लेले अवगत गराए ।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले नेपाल सरकारले ०७६ सालदेखिनै सामूदायिक विद्यालयहरुको कक्षा ६,७,८ र ११ को स्वास्थ्य शारीरिक शिक्षामा योग शिक्षालाई पाठ्यक्रममा समेत समावेश गरिएको हुँदा उक्त पाठ्यक्रमको अध्यापनको लागि आधिकारीक प्रशिक्षक समेत उत्पादन गर्नुपर्ने महशुस गरी पातञ्जल योग समिति नेपालले सि।टि।ई।भि।टी। सँग सहकार्य गरि नेपाल भरिनै आधिकारीक योग प्रशिक्षक उत्पादन गरिरहेको जानाकारी गराउदै सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई सो तालिममा सहभागीताको लागि अनुरोध गरेका छन । यस बाट अध्यक्ष सुवेदीले विद्यालय योग जागरण अभियानलाई ठुलो टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिपक शर्मा, आर्यूवेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक ड.।बासुदेव शर्मा, डा.राजु अधिकारी,योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाल,पाठ्यक्रम विकास केन्द्र सानोठिमीका प्रतिनिधि टुकराज अधिकारी,प्याब्सन केन्द्रका प्रतिनिधि,भक्तपुर जिल्लाभरका विद्यालय सम्बद्ध संस्थाका प्रतिनिधि,भक्तपुर जिल्लाभित्रका ४ वटै नगरपालिका शिक्षा शाखाका प्रतिनिधिहरुले विद्यालयमा योगको आवाश्यकता एवं महत्वको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
चार वटै नगरपालिका,हिशान,प्याब्सन,नेशनल प्याब्सन,ईशान र पातञ्जल योग समिति नेपाल गरि ९ वटा संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमलाई नेशनल प्याब्सनका अध्यक्ष सन्जय खड्काले स्वागत,प्याब्सन अध्यक्ष चन्द्र अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश र हिशान अध्यक्ष अनिल कसपालले धन्यवाद ज्ञापन गरेका थिए ।