शिक्षकलाई सम्पत्ति बिबरण

राष्ट्रिय शिक्षक अभिलेख अधिकारी (एसटीआरओ) राष्ट्रिय शिक्षा पुस्तक किताबले सम्पत्ति बिबरन फार्म (सम्पत्ति विवरण फाराम) भर्ने सम्बन्धी सूचना प्रकाशित गर्यो। नेपाल सरकार, संघीय मामिला मन्त्रालय र सामान्य प्रशासन।
१.
शिक्षकले सम्पत्ति विवरण बुझाउने सम्बन्धमा तोकिएको ढाँचाबमोजिमको सम्पत्ति विवरण फाराम भरी खामबाहिर देहायको विवरण उल्लेख गरी राष्ट्रिय किताबखाना (शिक्षक) मा पठाउने व्यवस्था गर्नु /गराउन हुन अनुरोध छ शिक्षकको संकेत (सिटरोल) नं.: कार्यरत विद्यालय र ठेगाना :
शिक्षकको नाम थरः
जिल्लाः
तहः
मोबाइल नं. :
श्रेणी: इमेल ठेगानाः
आ.व. २०७७/०७८ को सम्पत्ति विवरण दर्ता गर्न व्यक्ति स्वयम् (व्यत्तिगत रुपमा) राष्ट्रिय किताबखाना (शिक्षक) जानुनपर्ने गरी विद्यालय/स्थानीय तहले संकलन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउने र इकाईहरूले जिल्लाका सबै विद्यालय शिक्षकहरूको एकमुष्ट गरी २०७८ साल श्रावण १ गतेदेखि भाद्र २८ गतेभित्र अनिवार्य रुपमा राष्ट्रिय किताबखाना (शिक्षक) मा प्राप्त हुने गरी छिटो हुने माध्यमबाट पठाउनुपर्नेछ
विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा बुझाउनु पर्नेछ र स्थानीय तहले सो विवरण दर्ता गरी सुरक्षित राख्नु पर्नेछ ।
सम्पत्ति विवरण बुझाउने अन्तिम दिन सार्वजनिक विदा परे सम्पत्ति विवरण दर्ता गर्ने प्रयोजनका लागि यस किताबखाना खुल्ला रहनेछ।
२.
अध्ययन विदा, असाधारण विदा र अन्य बिदा, लामो काज वा निलम्बनमा रहेका शिक्षकको सार्वजनिक पद धारणा गरेकै अवस्था हुने भएकोले म्याद भित्र सम्पत्ति विवरण बुझाउने दायित्व सम्बन्धित शिक्षकको नै हुनेछ।
३.
आ.व.०७७०७८ भित्र (अर्थात २०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्त सम्म) सेवानिवृत्त भएको शिक्षकले समेत उपर्युक्तानुसार सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।
४.
संकेत नं. नमिलेको, तोकिएको मितिभन्दा पछि प्राप्त भएको सम्पत्ति विवरणलाई प्राप्त नभए सरह भनी अभिलेख राखिने छैन ।
५.
हलाकमार्फत तोकिएको अवधिभित्र प्राप्त भएको सम्पत्ति विवरण PIS प्रविष्टि गरी अभिलेख राखिनेछ । तर तोकिएको ६० दिन पछि प्राप्त सम्पत्ति विवरणलाई प्राप्त नभए सरह मानी अभिलेख राखिने छैन ।
६.
सम्पत्ति विवरण फाराम यस कार्यालयको website www.stro.gov.np मा उपलब्ध छ । सम्पत्ति विवरण दर्ताको जानकारी सम्बन्धित शिक्षकले उल्लेख गरेको मोबाइल नं. मा SMS बाट प्राप्त हुनेछ ।
NOTICE