निगमलाई विद्यार्थी संगठनहरुको ७२ घण्टे अल्टिमेटम

काठमाडौं, २४ असार ।नेपाल आयल निगमले एक महिनामा तीन पटकसम्म इन्धनको मूल्यमा बृद्धि गरेपछि विद्यार्थी संगठनले आन्दोलन शुरु गरेका छन् । विपक्षी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । आज निगमको कार्यालयमा पुगेर विद्यार्थीहरुले आज ७२ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका हुन् ।
त्यस्तै आजै संयुक्त विद्यार्थी संगठनले बिहीबार भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । ७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले राजधानीमा पनि सिठ्ठीजुलुस निकालेका हुन् । राजधानीको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए ।
विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका थिए । सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) रहेका छन् ।