कोभिड–१९ कोरोना भाइरसले शिक्षामा पारेको प्रभावबारे आयोजित अन्तरक्रिया सम्पन्न

भक्तपुर, २८ असार । कोभिड–१९ को महामारीका कारण शिक्षाको क्षेत्रमा गम्भिर असर पारेको सरोकारवाला निकायले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालय हेटौडाको आयोजना एवं सूर्यविनायक नगरपालिमा नगरस्तरीय मानब अधिकार समुहको संमन्वयमा कोभिड–१९ कोरोना भाइरसको कारणले शिक्षामा पारेको प्रभाव र आगामी शैक्षिक नीति तथा योजना विषयक शिक्षा अधिकार सम्बन्धी सरोकारवाला निकाय, शिक्षक, अभिभावक र विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

सूर्यविनायक–७ स्थित भैरवी आधारभुत विद्यायलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उप–प्रमुख सरिता कुँवरले भक्तपुर जिल्ला शिक्षाको क्षेत्रमा निकै अगाडि रहेको बताउदै कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा सहज रुपमा शिक्षा पाउन नसकेको बताउनुभयो । अनलाइन कक्षामा सबैको पहुँच नपुगेको भन्दै यहाँले शिक्षामा ठूलो क्षति भएको बताउनुभयो ।

शिक्षा अधिकार सम्बन्धी संबैधानिक व्यवस्था, विद्यमान शिक्षा नीति र प्रावधान तथा सोको कार्यान्वयको अवस्थाबारे छलफल भएको थियो । त्यस्तै शिक्षा अधिकार सम्बन्धित सरोकारवालाहरुलाई सजग गराई गुुणस्तरीय शिक्षाको लागि योजना निर्माण गर्ने र शिक्षासंग सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, विद्यार्थी एवं सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर बृद्धिको लागि नेपाल सरकारले तोकेको स्थानिय पालिका, वडादेखि विद्यालयसम्मले गरेका गतिविधीका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा उपमेयर जुना बस्नेजले छलफलमा उठेका सवालहरुको जवाफ दिदै जनप्रतिनिधि लगायत नगरपालिकाले टिमले आफ्नो क्षेत्रको शैक्षिकस्तर उकास्दै सूर्यविनायकलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने कार्यदिशा तयार भैरहेको बताउनुभयो । उहाँले स्थानिय कला संस्कृति, भेषभुषा, भाषा, परम्परा ,रीति रिवाज, धार्मिक स्थल पर्यटकीय स्थल सम्पुर्णलाई समेटेर स्थानिय पाठ्यपुुस्तक प्रकाशन गर्न लागेको बताउनुभयो । सुर्यविनायक नगरपालिका जिल्लाकै पहिलो शिक्षा नीति जारी गर्ने पहिलो नगरपालिका भएको दाबी गर्दै नंया पुस्ताका लागि पनि समय अनुसारको शिक्षा, शिक्ष , शैक्षिक प्रणाली एवं प्रविधिको बिकास पनि भैरहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा वडा अध्यक्ष रविन्द्र सापकोटाले बन्द हुन लागिसकेको यो विद्यालयमा जनप्रतिनिधी अध्यक्ष रहेन व्यबस्था गर्दै गुणस्तरीय शिक्षामा अगाडि बढाएपछि यहाँको मुहार फेरिएको बताउनुभयो । यो विद्यालयमा विद्यार्थी संस्थादेखि गुणस्तरसम्म बढेको उहाँको भनाइ थियो । नगरपालिकाले स्थानीय पाठ्यक्रम यहीँ वर्षदेखि लागू गर्न पाठ्यक्रम निर्माणको तयारीमा सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ.राजकुमार बस्नेतले विद्यालयमा नगरपालिका तथा वडा को सक्रियतासंगै पहिलो र अहिले विद्यायलयको भौतिक विकास निर्माण तथा विद्यार्थी सख्यामा उल्लेख्य रुपमा सुधार हुदैँ शैक्षिक गुणस्तरमा समेत बृद्धि भएको बताउनुभयो । राज्यले लगानी गरेको सामुदायिक बिद्यालयको स्तरोन्नतीका लागि नागरिकहरुबाटै चासो हुनुपर्ने बताउदै उहाँले कोभिडको बेला शिक्षामा मात्रै होइन, स्वास्थ्यमै प्रतिकुल प्रभाव पारेकाले सचेतना अपनाई कक्षा सञलन गर्ने योजनामा लागेको बताउनुभयो ।

मानब अधिकार समुहका संयोजक कृष्ण् प्रसाद न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावक, शिक्षक लगायत जनप्रतिनिधिहरुले गम्भीर भएर लाग्नु पर्ने र आफ्ना बालबालिकाहरुलाई पनि सामुदायिक विद्यायलमा पढाउन शिक्षक तथा जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।