होण्डा सोरुम गठ्ठाघरले गर्यो नयाँ स्कुटर सार्वजनिक, विद्यार्थीको आकर्षण

भक्तपुर, । मध्यपुरथिमि गठ्ठाघरस्थित जिल्लाकै नं. १ होण्डा सोरुम गठ्ठाघरले होण्डा ब्रान्डको नयाँ स्कुटर ग्राजियाको बीएसभीआई मोडल सार्वजनिक गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष प्रेम कुटुले सोमबार गठ्ठाघरस्थित होण्डा सोरुममा उक्त मोडलको स्कुटर एक कार्यक्रमका बीच सार्वजनिक गर्नु भएको हो । एसइई र कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि आकर्षण बन्न सक्ने, धेरै सुविधाहरु रहेको यो स्कुटर युवा पुस्तासंगै पारिवारिक क्षेत्रमा सबैका लागि उपयुक्त एवं सहज रुपमा प्रयोग गर्न सकिने भएको छ ।
स्कुटर सार्वजनिक गर्दै वडाध्यक्ष कुटुले दुई पाङ्ग्रे सवारी अहिलेको आवश्यकता भएको भन्दै सजिलो र छिटो आरामदायी तथा सुविधा युक्त दुई पाङ्ग्रे सवारी साधन काडमाडौँ उपत्यकाका लागि अत्यावश्यक भएको बताउनुभयो । उहाँले होण्डाको जुनसुकै साधनले उपभोक्ताको मन जित्न सफल भएको बताउदै होण्डाको नयाँ मोडलले युवा पुस्तालाई थप आकर्षित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
गठ्ठाघर होण्डा सोरुमका सञ्चालक मिलन सिग्देलले सार्वजनिक गरिएको स्कुटरले राइडरको सहजै मन जित्न सफल हुने दाबी गर्नुभयो । उहाँले नेपालमा एफआइ इन्जिन भएको पहिलो स्कुटर भएको बताउदै आकर्षक र स्टाइलिस लुक्स रहेको यो स्कुटरमा १ सय ५५ देखि १ सय ७१ एमएमसम्मको ग्राउण्ड क्लेरेन्स रहेको बताउनुभयो । १२५ सिसिको उक्त स्कुटरकोबारेमा जानकारी दिदै उहाँले पेट्रोल कम खाने, धेरै माइलेज दिने, फ्युल इन्जेक्टेड (एफआइ) प्रविधिको इन्जिनका कारण वातावरण प्रदुषण नहुने कम्पनीको दावी रहेको बताउनुभयो ।
नयाँ मोडलमा विगतका भन्दा फिचर थप गरी पूर्ण रुपमा रि–डिफाइन गरिएको उक्त स्कुटरमा स्पिडोमिटरमा माइलेज फिचर रहेकाले रियल टाइम माइलेज, एभरेज माइलेजका साथमा कति किमीसम्म गुड्न सक्छ भनेर हेर्नसमेत सकिने सञ्चालक सिग्देलले जानकारी दिनुभयो । स्कुटरको मूल्यकाबारेमा जानकारी दिदै उहाँले डिस्क ब्रेक भएको स्कुटरको मूल्य २ लाख ८९ हजार ९ सय र ड्रम ब्रेक भएको स्कुटरको मूल्य २ लाख ६९ हजार ९ सय रहेको छ । उहाँले ग्राहकको लागि तत्काललाई विशेष छुटको समेत व्यबस्था गरेको बताउनुभयो ।