विज्ञान विषय : रट्ने कि प्रयोग गर्ने ?
सागर गुरागाइ
हिजोआज विज्ञान विषय सोच्ने, अनुसन्धान गर्ने र विचारलाई रुपान्तरण गर्ने भन्दा बनिबनाउ विषय मस्तिष्कमा कोच्ने कुरामा उद्यत छ । पछिल्लो सय वर्षमा पश्चिमा देशले शिक्षामा आमूल सुधार गरी विज्ञान प्रविधिको अभूतपूर्व विकास गरे । स्कुल÷कलेजको कक्षामा शिक्षकले अणु परमाणु, धातु अधातु, रासायनिकि क्रिया प्रतिक्रियाबारे बेजोड व्याख्या गर्छन् । ग्यालेक्सी र ब्लाक होल को वरिपरि विद्यार्थीलाई उडाउँछन् । विद्यार्थीलाई एकादेशको कथा जस्तो लाग्छ । यी सिद्दान्तबारे प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाइन्न । सबै वैज्ञानिक विदेशका । सबै शिक्षण संस्थासँग परमाणु हेर्न मिल्ने इलेक्ट्रोन माइक्रोस्कोप छैन । ग्यालेक्सी, ग्रह, पुच्छ«ेतारा प्रस्ट हेर्न मिल्ने टेलिस्कोप पनि छैन ।
परिभाषा र सिद्धान्तको संग्रह बनेका छन् । त्यसैले अधिकांश विद्यार्थीले यसलाई बोझको रुपमा लिन्छन् । उन्नति गरेका देशका पाठ्य पुस्तक हेर्दा परिभाषा खास देखिन्नन् । हाम्रो परीक्षामा परिभाषा र सिद्धान्त घोकेको छ या छैन, जाँच्ने खालका प्रश्न सोधिन्छ । स्कुलदेखि विश्वविद्यालयसम्म विज्ञान पढ्नुको अर्थ शब्द घोक्नु भन्ने छ । विज्ञान जस्तो विषयमा घोकाइले केही अर्थ राख्दैन् । विज्ञानको अर्थ अनुसन्धान हो, सोच हो, चिन्तन हो, आविष्कार हो । हाम्रो विज्ञान पढाइ आविष्कार, चिन्तन र अनुसन्धान भन्दा घोक्ने, कण्ठ गर्ने अनि रट्ने र त्यही कुरा परीक्षामा लेख्ने सिलसिला चलिरहेको छ ।
लेख्ने सिलसिला चलिरहेको छ । सेतो बोर्डमा कोलो मार्करको भरमा देशभर विज्ञानको पढाइ चलिरहेको छ । कोर्स सक्ने हतारोमा शिक्षण सिमित भएपछि विद्यार्थीको कल्पनाशीलता, उत्सुकता, जिज्ञासा र सक्रियता दमित भएका छन् ।
रटानको बानी र स्कुलले खोज्ने ग्रेडले विद्यार्थीको सिर्जनात्मक दिमाग निचोरिएको छ । विज्ञान प्रश्नको गर्भबाट आविष्कार जन्मिने विषय हो । बनिबनाउ उत्तर रटानको व्यस्तताले, प्रश्नमा घोत्लिने विद्यार्थीको समय ध्वस्त पारेको छ । स्कुलको विज्ञान पढाइ प्रयोगबाट टाढा छ । अधिकांश स्कुलमा भन्न लायक प्रयोगशाला भेटिन्न । विज्ञान पढाउले कलेजहरुमा सामान्य खालको प्रयोगशाला छ । प्राक्टिकल झारा टराइ खालको छ । विद्यार्थी नयाँ खोज, आविष्कारका लागि डुबेर प्राक्टिकल गर्दै छैनन्, प्राक्टिकल परीक्षामा त्यही गरेर देखाउन सक्ने हुनका लािग प्राक्टिकल गदैछन् । वि.स. १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएपछि विज्ञान शिक्षा पठनपाठन आरम्भ भएको हो । सय वर्ष बितिसक्दा पनि हामीले विज्ञान प्रविधिको प्रयोगलाई हाम्रो विकाससँग तालमेल गराउन सकेका छैनौँ । प्रविधिका स–साना सामान पनि हामी उत्पादन गर्न असमर्थ छौं । विदेशबाट ल्याएका गाडीका पाटपुर्जा यहाँ ल्याएर जोडेपछि मेड इन नेपाल भनेर लेख्नुपरेको छ ।
संसारै हल्लाउने गरी नभए पनि केही नेपालीले विज्ञानको क्षेत्रमा योगदान नदिएका होइनन् । पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणा देखि स्व.अमृतप्रसाद प्रधान, स्व.दयानन्द बज्राचार्य, उदयराज खनाल, लुजेन्द्र ओझा, सुदर्शन कार्की, सुरेन्द्र अधिकारी जस्ता वैज्ञानिकहरु नजन्माएको होइन । तर नयाँ पुस्ताका विद्यार्थीलाई यिनका खोज, अनुसन्धानबारे पढाइदैन । विज्ञान किताब नेपाली माटो र हावापानीबाट अलग छ । विद्यार्थीलाई पढ्दा दिक्क लाग्नु स्वाभाविक हो ।
वज्ञानका पाठ्य पुस्तकमा कोही नेपाली वैज्ञानिकको नाम छैन । संसारै हल्लाउने गरी नभए पनि केही नेपालीले विज्ञानको क्षेत्रमा योगदान नदिएका होइनन् । पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणा देखि स्व.अमृतप्रसाद प्रधान, स्व.दयानन्द बज्राचार्य, उदयराज खनाल, लुजेन्द्र ओझा, सुदर्शन कार्की, सुरेन्द्र अधिकारी जस्ता वैज्ञानिकहरु नजन्माएको होइन । तर नयाँ पुस्ताका विद्यार्थीलाई यिनका खोज, अनुसन्धानबारे पढाइदैन । विज्ञान किताब नेपाली माटो र हावापानीबाट अलग छ । विद्यार्थीलाई पढ्दा दिक्क लाग्नु स्वाभाविक हो । पेरियोडिक टेबल, रासायनिक प्रतिक्रिया, प्रोपेन, ब्युटेन, इथर, डार्बिनिजम, मेन्डेलिजम अनेक अनौठा तथ्यले पाठ्य पुस्तक भरिएका छन् । यिनीहरुको नेपाली प्रयोग खोई ? कक्षामा सुन्यो, घरमा घोक्यो, परीक्षामा लेख्यो, त्यसपछि बिर्सियो । स्वदेशको भूगर्भ, हावापानी, जडिबुटी, ऊर्जा, वन, कृषि, प्रविधि र उद्योगसँग जोडिने गरी विज्ञान शिक्षालाई अनुसन्धानमूलक र प्रयोगात्मक बनाइनुपर्ने थियो ।
हाम्रा वरिपरिका जडिबुटी माथि कमैमात्रा अध्ययन भएको छ । विदेशीले केही मात्रामा अध्ययन गरेर प्रचारमा ल्याइदिएका छन् । तितेपाती, घोडताप्रे, यार्सागुम्बा, तुलसी, सिस्नो, कुरिलो लगायत सयौं प्रकारका वनस्पतिमा महत्वपूर्ण औषधीय गुण छ भन्ने थाहा पाइएको छ । तर पर्याप्त अनुसन्धानका लागि जीव र चिकित्सा विज्ञान पढ्ने विद्यार्थीलाई लगाउन सकिएको छैन ।
विद्यालय तहदेखि नै विद्यार्थीलाई जानकारी दिने र थप उत्सुक गराउने काममा विज्ञान कक्षा चुकेको छ । नेपाली जमिन भित्रका धातु, मणि, रत्न तथा पेट्रोलियम खोज, अध्ययन र उत्खनन्का लागि चिनियाँ जापानिज विज्ञ नै बोलाउनुपने अवस्था छ भने आजसम्मको विज्ञान पढाइको औचित्य के ? अहिलेको पढाइले देशलाई यो हदसम्म परजीवी बनाएको छ । विश्वविद्यालयबाट विज्ञान मास्टर्स सकेर निस्कँदै गर्दा युवासँग दुई विकल्प बाँकी रहन्छन् । विज्ञानको मास्टर भएर बस्ने वा विदेश जाने । विज्ञान पढेका उर्वर मस्तिष्कलाई योजनाबद्ध रुपमा स्वदेशमै अनुसन्धानमा लगाउने कुनै योजना छैन । विश्वविद्यालय मन्त्रालय र नाष्ट निदाएका छन् । विज्ञान पढेका व्यक्तिको राम्रो मूल्य छ त केवल विदेशमा । राइट दाजुभाइले जहाजको आविष्कार गर्नुअघि रामायणको पुष्पक विमानको अध्ययन गरे वा गरेनन् , थाहा भएन । ओटो हानले परमाणु बमको निर्माण गर्नुअघि अग्नि, बरुण, गाण्डिव र ब्रह्मास्त्रको नालीबेली समेटिएको महाभारतको अध्ययन गरे वा गरेनन् । त्यो पनि थाहा छैन । गम्भीर रोगका औषधिका आविष्कार गर्दा वैज्ञानिकले हाम्रो अथर्व वेदको अध्ययन गरे वा गरेनन् उनीहरु नै जानुन् । तर यी धार्मिक ग्रन्थभित्रको विज्ञानमाथि अनुसन्धान गर्न विश्वविद्यालयको पढाइले हामीलाइ प्रेरित नगर्नु आश्चर्य लाग्दो छ ।
ेशको कृषि, ऊर्जा, उद्योग, वातावरण, प्रविधि तथा भौगर्भिक अनुसन्धानमा हाम्रो देश प्रवेश नै गरेको छैन् । यसका लागि विज्ञानका विद्यार्थीलाई आर्थिक र भौतिक वातावरण उपलब्ध गराइदिनुपथ्र्यो । पाठ्य पुस्तकलाई देशसँग जोड्नुपथ्र्यो । अनुसन्धानका लागि पे्ररित नगर्ने शिक्षा तर्जुमा गरेर देशलाई विकसित बनाउँछौं भन्नु बालुवाको महल ठड्याउने गफमात्र हो । शिक्षक र सञ्चारकमी





