अब कक्षा ११ मा जीवनोपयोगी शिक्षा

काठमाडौं, १० भदौ । पाठ्यक्रम विकास केन्द्रले यो वर्षदेखि कक्षा ११ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम लागू गरेको छ । बालबालिकालाई समाजसँग परिचित गराउन र जीवन व्यवहार चलाउने कला सिकाउन नयाँ पाठ्यक्रममा उक्त विषय राखिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जीवनोपयोगी शिक्षा नयाँ विषय हो भने सामाजिकको अध्ययनको पठनपाठन अहिले पनि कक्षा १० सम्म हुने गरेको छ ।

केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले कक्षा ११ र १२ मा अनिवार्य रूपमा उक्त विषयको पठनपाठन हुने जानकारी दिए । ‘बालबालिकालाई जे कुरा पढाउँछौं, त्यसलाई जीवन व्यवहारलाई जोड्ने काम यो विषयले गर्छ,’ उनले भने । केन्द्रले ८ कक्षासम्म बालबालिकालाई भने मानव मूल्य मान्यतामा समेटेर जीवनोपयोगी कुरा सिकाउने लक्ष्य लिएको छ । ‘कक्षा ९–१० मा जीवनोपयोगी शिक्षा अध्ययनका लागि पूर्वाधार तयार पार्छौं,’ महानिर्देशक दाहालले भने ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्रै धेरै दिएकाले जीवनोपयोगीलाई अनिवार्य विषयका रूपमा लागू गर्नुपरेको उनले जनाए । ‘धूमपान गर्नु हुँदैन भन्ने पढायौं, तर विद्यार्थी सुर्ती, चुरोट खाने निस्किए,’ उनले थपे, ‘अब धूमपानका असरबारे विद्यार्थीलाई प्रोजेक्ट कार्य दिएर अध्ययन गराउँछौं, धूमपान नगर्ने विद्यार्थी धेरै बनाउनु हाम्रो लक्ष्य हुनेछ ।’ उच्चस्तरीय शिक्षा आयोग २०७५ को प्रतिवेदनले पनि बालबालिकालाई जीवनोपयोगी शिक्षा आवश्यक रहेको सरकारलाई सिफारिस गरेको थियो ।

विद्यालय शिक्षा कक्षा १–१२ को पाठ्यक्रम स्वीकृत भइसकेको छ । यो शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुन लागेको हो । पाठ्यक्रम प्रारूपको मस्यौदामा कक्षा ११ मा अनिवार्य जीवनोपयोगी र १२ मा सामाजिक अध्ययन अनिवार्य विषयका रूपमा समावेश गरिएको थियो । दुवै कक्षामा उक्त विषय सय पूर्णांकको हुनेछ । कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी विषय अनिवार्य र अन्य ३ विषय ऐच्छिक गरी ६ विषय पठनपाठन हुने व्यवस्था गरिएको छ ।

शिक्षाविद्हरूले जीवनोपयोगी शिक्षा छुट्टै पाठ्यक्रम बनाएर पठनपाठन गराउन असम्भव हुने र प्रत्येक विषयसँग जोडेर लैजानुपर्ने सुझाव दिएका छन् । विज्ञहरूको सुझावअनुसार नै सामाजिक अध्ययनसँग जीवनोपयोगी शिक्षालाई एकीकृत रूपमा पढाउन लागिएको केन्द्रले जनाएको छ । कक्षा ९–१० मा उक्त विषय नभए पनि अन्य विषयसँग जोडेर जीवनोपयोगी सीप सिकाउने केन्द्रको दाबी छ । विज्ञहरूले पनि छुट्टै विषयभन्दा प्रत्येक विषयसँग जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको बताएका छन् । ‘गणित पढ्ने विद्यार्थीले त्यहाँबाट दैनिक व्यवहारमा आवश्यक पर्ने सीप सिक्न सक्छ, अहिलेसम्म हामीले त्यसरी सिकाउन सकेका छैनौं,’ शिक्षाविद् विनय कुसियतले भने ।

केन्द्रले उक्त विषयको पाठ्यक्रम स्वीकृत गरेर पाठ्यपुस्तक छपाइ थालेको छ । केन्द्रका अनुसार सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासहित ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार हुन्छ । केन्द्रले तोकेको पाठ्यक्रमअनुसार निजी प्रकाशन गृहहरूले विषय विज्ञहरूबाट पुस्तक तयार पारेर शिक्षक–विद्यार्थीसम्म पुर्‍याउनेछन् । त्यसका लागि केन्द्रको भने स्वीकृति लिनुपर्छ । निजी प्रकाशनबाट पुस्तक तयार भएपछि केन्द्रले अध्ययन गर्ने र पठनपाठनका लागि स्वीकृति दिने प्रावधान छ ।